निर्वाचन प्रणाली परिवर्तन गरेर प्रतिनिधिसभामा प्रत्यक्ष मात्रै राख्नुपर्छ : शशांक
सारांश
- शशांक कोइरालाले प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणाली हुनुपर्ने बताए।
- उनले राष्ट्रिय सभा पूर्ण समानुपातिक बनाउनुपर्ने प्रस्ताव राखे।
- कोइरालाले धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्नुपर्ने प्रस्ताव पनि गरे।
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले निर्वाचन प्रणाली परिवर्तन गरी प्रतिनिधिसभामा प्रत्यक्ष मात्रै राख्नुपर्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा आइतबार आफ्नो धारणा राख्दै कोइरालाले प्रतिनिधिसभा सबै प्रत्यक्ष र राष्ट्रियसभा सबै समानुपातिक गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् ।
‘निर्वाचन प्रणाली फेर्नुपर्छ । प्रतिनिधि सभा सबै प्रत्यक्ष गरौँ र राष्ट्रिय सभा पूर्ण समानुपातिक गरौँ,’ कोइरालाले भने, ‘अहिलेको निर्वाचन प्रणालीले कसैको पनि बहुमत आउने देखिँदैन।’
कोइरालाले धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्नुपर्ने प्रस्ताव पनि बैठकमा गरेका छन् । संविधान संशोधन गर्दा निर्वाचन प्रणाली र धार्मिक स्वतन्त्रताको विषय संशोधन गर्नुपर्ने कोइरालाले बताएका हुन् ।
उनले भने, ‘धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राखौँ, नेपाली कांग्रेस र नेकपा एमालेबिच २०७१ असार १७ गते भएको ७ बुँदे सहमतिमा पनि संविधान संशोधन गर्ने भनिएको थियो, पहिलो संशोधन यहीँबाट गरौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण