ट्रम्पको सुरक्षा व्यवस्थामा छेडखानी भएपछि हलचल
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलियाना ट्रम्प न्यु जर्सीको गल्फ कोर्समा रहँदा सुरक्षामा छेडखानी भयो।
- शनिबार एउटा नागरिक विमानले अस्थायी उडान प्रतिबन्ध उल्लङ्घन गरेपछि लडाकु विमानले रोकेको थियो।
- उक्त दिन पाँच पटक टीएफआर उल्लङ्घन भएको र वायुसेनाले पाइलटहरूलाई नियम पालना गर्न निर्देशन दिएको छ।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलियाना ट्रम्प सप्ताहन्तमा न्यु जर्सीको बेडमिन्स्टरमा रहेको आफ्नो निजी गल्फ कोर्समा थिए ।
यो समयमा उनीहरूको सुरक्षा व्यवस्थामा छेडखानी भएपछि हलचल मच्चियो । शनिबार अर्थात् जुलाई ५ मा एउटा नागरिक विमानले गल्फ कोर्स माथिको अस्थायी उडान प्रतिबन्ध (टीएफआर)को उल्लङ्घन गर्यो । त्यसपछि उत्तर अमेरिकी एयरोस्पेस डिफेन्स कमाण्ड (नोराड) को एक लडाकु विमानले तुरुन्तै कारबाही गर्दै उक्त विमानलाई रोकेको समाचारमा उल्लेख छ । यो घटना उक्त दिन घटना स्थानीय समयअनुसार दिउँसो २ः३९ बजेको भएको नोराडले उल्लेख गरेको छ ।
घटनाको समयमा सामान्य नागरिक विमान प्रतिबन्धित हवाई क्षेत्रमा छिरेको थियो भने नोराडका लडाकु विमानहरूले पाइलटको ध्यान खिच्न ‘हेडबट’ रणनीति प्रयोग गरेर विमानलाई प्रतिबन्धित क्षेत्रबाट सुरक्षित रूपमा बाहिर निकालेका थिए ।
उक्त एकै दिनमा पाँच पटक टीएफआर उल्लङ्घन भएको बताइएको छ । यसअघि तीन पटक उल्लङ्घन भएका थिए । अमेरिकी वायुसेनाले सबै पाइलटहरूलाई एफएएद्वारा जारी गरिएको नोटिस टु एयर मिसन्स पढ्न र पालना गर्न कठोर निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण