चलचित्र ‘मैझारो’ निर्माण घोषणा
काठमाडौँ । तक्मे प्रोडक्सनको ब्यानरमा फिल्म ‘मैझारो’ निर्माण हुने भएको छ । सोमबार निर्माण पक्षले अभिनेताका रूपमा धीरज मगर अनुबन्ध गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो ।
चलचित्रको लेखन तथा निर्देशन कलाकार विल्सन विक्रम राई तक्मेबुढाले गर्नेछन्। यो उनको डेब्यु निर्देशन हो । चलचित्रमा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ भने सौरभ लामाले छायाङ्कन गर्नेछन् । निर्माण टिमका अनुसार अन्य कलाकारहरूको नाम चाँडै सार्वजनिक गरिनेछ ।
चलचित्रलाई सौरभ लामाले खिच्ने छ भने फिल्मको साउनको पहिलो हप्ताबाट छायाङ्कन हुने छ। निर्देशक राईले यो फिल्मको छायाङ्कन इलाम र पाँचथरका रमणीय स्थानहरूमा गर्ने बताए ।
उनका अनुसार यो फिल्ममा सामाजिक कथावस्तुमा आधारित ‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थका निर्माण हुनेछ । राई लोकप्रिय हास्य टेलिफिल्म ‘मेरी बास्सै’ मार्फत ‘तक्मे बुढा’ नामले चर्चामा आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो संस्करणको ‘इन्डियन एम्बेसेडर्स क्रिकेट प्रतियोगिता’ सुरु
-
न्युजिल्यान्डविरुद्ध बेल्जियमको गोलवर्षा
-
धार्मिक आस्था र जैविक विविधताको अनुपम संगम : पार्वती कुण्ड
-
जहाँ प्रकृतिसँग लुकामारी गर्दै संस्कृतिसँग साक्षात्कार गर्न पाइन्छ (तस्बिरहरू)
-
बेल्जियमको अग्रता दोब्बर, ट्रसयार्डको दोस्रो गोल
-
बजेट कार्यान्वयन सुधारका लागि कर्णालीमा सधैँ उस्तै नीति, अवस्था ज्युँका त्युँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण