पदबाट हटाइएको केही घण्टामै रुसी पूर्वमन्त्री मृत फेला
मङ्गलबार, २४ असार २०८२, ०० : ०६
सारांश
- रुसका पूर्व यातायात मन्त्री रोमन स्टारोभोइट मस्को नजिकै कारभित्र मृत फेला परे।
- राष्ट्रपति पुटिनले उनलाई मन्त्री पदबाट हटाएको केही घण्टामै उनको मृत्यु भएको थियो।
- प्रारम्भिक अनुमान अनुसार उनको मृत्यु आत्महत्या हो, घटनाको अनुसन्धान भइरहेको छ।
काठमाडौँ । रुसका पूर्व यातायात मन्त्री रोमन स्टारोभोइट सोमबार मृत अवस्थामा फेला परेका छन्। रुसी जाँच समितिका अनुसार उनी मस्को नजिकै ओडिन्टसोभो क्षेत्रमा कारभित्र मृत फेला परेका हुन्।
स्टारोभोइटलाई सोमबारै राष्ट्रपति व्लादिमीर पुटिनले मन्त्री पदबाट हटाएका थिए। बर्खास्तीको कारण सार्वजनिक गरिएको थिएन। केही घण्टामै उनका सहमन्त्री एन्ड्रे निकितिनलाई कार्यवाहक मन्त्रीको जिम्मेवारी दिइएको थियो।
रुसी जाँच समितिले घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको बताएको छ। प्रारम्भिक अनुमान अनुसार उनको मृत्युलाई आत्महत्या मानिएको छ।
रोमन स्टारोभोइट सन् २०२४ मेदेखि यातायात मन्त्री थिए। त्यसअघि करिब ९ वर्षसम्म उनी कुर्स्क क्षेत्रका गभर्नर रहेका थिए।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको रुसी अधिकारीहरूले जनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण