आयुर्वेदिक औषधि उत्पादन विदेश निर्यातका लागि सघाउन जिएमपी प्रमाणपत्र दिने निर्णय
सारांश
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आयुर्वेदिक औषधि निर्यातका लागि मापदण्ड स्वीकृत गरेका छन्।
- विभिन्न कम्पनीहरूले उत्पादन गरे पनि अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणपत्र थिएन।
- नयाँ मापदण्डले नेपाली आयुर्वेदिक उत्पादनको निर्यातलाई प्रोत्साहन गर्नेछ।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आयुर्वेदिक औषधी तथा परम्परागत चिकित्सा उत्पादनको उत्पादनलाई निर्यात गर्न मिल्ने गरी मापदण्ड स्वीकृत गरेका छन् ।
विभिन्न कम्पनीहरूले आयुर्वेदिकसहितका परम्परागत चिकित्सा प्रणालीका औषधी उत्पादन गर्दै आएको भए पनि अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणपत्र दिने अभ्यास थिएन ।
औषधी विदेश निर्यात गर्न अति आवश्यक मानिने कुशल उत्पादन अभ्यास (जिएमपी) मापदण्ड प्रमाण आवश्यक भए पनि नेपालमा हालसम्म यो दिने गरिएको छैन ।
यस समस्यालाई सम्बोधन गर्न मन्त्री पौडेलले औषधी उत्पादन कुशल अभ्यास दोश्रो संहिता स्वीकृत गरेका हुन् ।
यसका लागि उत्पादकले पूरा गर्नुपर्ने प्रक्रिया, भण्डारण, आधुनिक विधि लगायत समग्र विषयको मापदण्ड पालना गर्नुपर्नेछ ।
संहिताअन्तर्गतको मापदण्ड पालना भएमा नेपाली आयुर्वेदसहितका परम्परागत उत्पादकले औषधी व्यवस्था विभागबाट निर्यातका लागि आवश्यक पर्ने जिएमपी मापदण्डको प्रमाण प्राप्त गर्नेछन् ।
यसले नेपाली आयुर्वेद, होमियोप्याथीसहितका औषधी उत्पादनमा संलग्नलाई आफ्ना स्तरीय उत्पादनको निर्यातबाट लाभ लिने बाटो खुला भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण