घट्यो नेप्से परिसूचक
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक शून्य दशमलव १४ अङ्कले घटेर दुई हजार ६८३ दशमलव ८६ को विन्दुमा कायम भएको हो ।
आज ३०४ कम्पनीको एक करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर ५६ हजार २७६ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८१४ बराबरको कारोबार भएको छ । आज विकास बैङ्क समूह शून्य दशमलव ४१, वित्त एक दशमलव २५, जलविद्युत् शून्य दशमलव ५९, लगानी शून्य दशमलव ०८, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३७, लघुवित्त शून्य दशमलव ०७ र व्यापार शून्य दशमलव ३८ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ३७, होटल तथा पर्यटन शून्य दशमलव ०१, म्युचुअल फन्ड शून्य दशमलव ०९, निर्जीवन बिमा शून्य दशमलव ३७ र अन्य समूह शून्य दशमलव ७७ प्रतिशतले घटेको छ ।
बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव २१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ०८ प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण