शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटो फिचर

आइपुग्यो त्रिवि क्रिकेट मैदानको फ्लडलाइट टावर, तस्बिरहरू

बुधबार, २५ असार २०८२, १५ : १९
बुधबार, २५ असार २०८२

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान स्तरोन्नतिको काम धमाधम भइरहेको छ । यसै क्रममा फ्लडलाइटको टावर काठमाडौँ आइपुगेका छन् ।

अहिले ती पोलहरू रङ्गशाला बाहिर नै राखिएको छ । रात्रिकालीन खेलका लागि आवश्यक पर्ने फ्लडलाइटका पोल भारतबाट ल्याइएको हो ।

यी टावर बुधबार बिहान काठमाडौँ आइपुगेका हुन् । भारतको उत्तर प्रदेशबाट ९ दिन लगाएर उक्त फ्लडलाइट टावर काठमाडौँ ल्याइएको हो।

अब धमाधम जडानको काम हुनेछ । ४३ करोड ७७ लाख ३० हजार एक सय १३ रुपैयाँको लगानीमा बिकेओआई-केसीडिसी-बीजी जेभीले मैदानको प्यारापिट र फ्लडलाइट जडान गर्न लागेको हो।

1-TU ground fludlight tower (4)2-TU ground fludlight tower (1)3-TU ground fludlight tower (2)4-TU ground fludlight tower (3)5-TU ground fludlight tower (5)6-TU ground fludlight tower (6)7-TU ground fludlight tower (7)

तस्बिरह : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप