शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
अपडेट

उद्धार गर्न गएका सहायक हवल्दार भिरबाट खसे, सेनाको हेलिकप्टर जाँदै

बुधबार, २५ असार २०८२, १५ : ३५
बुधबार, २५ असार २०८२

काठमाडौँ । रसुवाको बाढीको कारण फसेका नागरिकका उद्धार गर्न गएका सशस्त्र प्रहरी बलको एक जना सहायक हवल्दार भिरबाट खसेका छन् । 

गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ३ लिङलिङमा उद्धारको लागि २ नम्बर गुल्मबाट गएका सहायक हवल्दार विशाल थापा भिरबाट लडेर घाइते भएका हुन् ।

२१ जनाको टोली गएकोमा थापा १० मिटर तल खोँचामा खसेका थिए । उनको टाउको र घुँडामा चोट लागेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनको प्राथमिक उपचारको लागि टिमुरे तर्फ स्ट्रेचरमा हालेर लगिएपनि अवस्था गम्भीर भएकोले नेपाली सेनाले हेलिकप्टर पठाउन लागेको छ । 

सेनाको हेलिकप्टर मार्फत ल्याएर सशस्त्र प्रहरीको बलम्बु स्थित अस्पतालमा उपचार गराउने तयारी रहेको थापाले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप