शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
अपडेट

रसुवामा बाढीको कारण हिमताल विस्फोट : प्राधिकरण

बुधबार, २५ असार २०८२, १८ : २०
बुधबार, २५ असार २०८२

काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा एक्कासी बाढी आउनुमा ‘हिमताल विस्फोट’ मुख्य कारण रहेको विपद् प्राधिकरणले जनाएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले बुधवार पत्रकार सम्मेलन गरेर ‘ग्लेसियल लेक’ विस्फोट भएर एक्कासी बाढी आएको प्रारम्भिक अध्ययनको निष्कर्ष सुनाए । उनले भने, ‘बाढी ह्वात्तै आएर नदीको उचाई एकै पटक साढे ३ मिटर बढेको छ ।’

वर्षाको कारण बाढी आउँदा एक्कासी नदीको उचाई साढे ३ मिटर नबढ्ने उनले बताए ।उपग्रह तस्बिरको विश्लेषण गर्दा चीनबाट आउने लेन्दे नदी भन्दा माथिको भागमा हिमतालहरू देखिएका छन् । सो हिमताल विस्फोट भएर बाढी आएको प्राधिकरणको प्रारम्भिक निष्कर्ष छ । भट्टले भने, ‘अचानक बाढी आउनुको कारण जलवायु परिवर्तन हो तर, हामी अध्ययनको क्रममा छौँ ।’

असार २४ मा बिहान आएको लेन्दे खोलाको बाढी भोटेकोशीमा मिसिँदा नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । बाढीका कारण १९ जना सम्पर्कविहीन भएका छन् । त्यस्तै ९ जनाको शव भेटिएको छ ।

रसुवाको स्याफ्रुवेशीदेखी टिमुरेसम्म करिब १६ किलोमिटर सडक बाढीले क्षति गरेको कार्यकारी प्रमुख भट्टले बताए । 

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरणको १४ औँ राष्ट्रिय परिषद्ले मितेरी पुल र सड्क बनाउन चीनलाई आग्रह गर्ने निर्णय गरेको छ । भट्टले भने, ‘त्यहाँको सड्क पनि तत्काल सञ्चालन हुँदैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप