राहत दिइने
रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख दिने निर्णय
बुधबार, २५ असार २०८२, १८ : ३१
काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ मा स्थित रसुवागढीमा आएको बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई सरकारले क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
मृतकका परिवारलाई जनही २ लाखको दरले नगद दिने निर्णय गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले बताए । उनले भने,‘मृतकका परिवारलाई २ लाखको दरले क्षतिपूर्ति दिने निर्णय गरेका छौँ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको प्राधिकरणको १४ औँ राष्ट्रिय परिषद्को बैठकले सो निर्णय गरेको भट्टले जानकारी दिए ।
नेपाल–चीन सीमानाको लेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण अझै १९ जना सम्पर्क विहीन छन् । ९ जनाको शव भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको आन्तरिक विवाद मिलाउन नेता फेरिएको फेरियै, उपलब्धि शून्य
-
चुनावी हारपछि मनिष झाले भने, ‘टीके प्रथा नहोस् भनेर प्रयास गरेको थिएँ, सफल भएँ’
-
सरकार गठनपछि मात्रै ३०० अंकले घट्यो सेयर बजार, ५ खर्बको सम्पत्ति ‘स्वाहा’
-
रास्वपाको प्रवासबाट कसले कति पाए मत ?
-
कृषि क्षेत्रका लागि कसरी ‘सञ्जीवनी बुटी’ बन्यो सहकारी ?
-
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण