शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटो फिचर

रसुवाको स्याफ्रुबेसी टिमुरे सडक पूर्णरूपमा अवरूद्ध, तस्बिरहरू

बिहीबार, २६ असार २०८२, १५ : १८
बिहीबार, २६ असार २०८२

काठमाडौँ । गत मङ्गलबार बिहान नेपाल–चीन सीमामा पर्ने लेन्डेखोला (भोटेकोशी) मा आएको बाढीले रसुवाको स्याफ्रुबेसी टिमुरे सडक पूर्णरुपमा अवरुद्ध भएको छ । ठाउँ–ठाउँमा गएको पहिरोका कारण सवारी साधन सञ्चालनका साथै हिँडडुल गर्न समस्या भएको छ ।

गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ३ लिङलिङमा बाढीले सडक बगाउँदा उक्त क्षेत्रमा जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था रहेको छ ।तीन वटै सुरक्षा निकाय(नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी) ले ठाउँ–ठाउँमा बाटो बनाउने काम गरेपनि सवारी साधनका लागि भने सडक सुचारुको अझै टुङ्गो लाग्न सकेको छैन ।

नेपाल चीन जोड्ने प्रमुख सडक अवरोध हुँदा काठमाडौँ उपत्यका प्रवेश गर्ने सयौँ मालवाहक सवारी साधनहरू टिमुरे मै थन्किएका छन् ।

08-Syaphrubeshi Timure Road_NPL_ (24)09-Syaphrubeshi Timure Road_NPL_ (25)10-Syaphrubeshi Timure Road_NPL_ (26)11-Syaphrubeshi Timure Road_NPL_ (27)12-Syaphrubeshi Timure Road_NPL_ (28)13-Syaphrubeshi Timure Road_NPL_ (29)14-Syaphrubeshi Timure Road_NPL_ (30)15-Syaphrubeshi Timure Road_NPL_ (31)16-Syaphrubeshi Timure Road_NPL_ (32)

01-Syaphrubeshi Timure Road_NPL_ (17)02-Syaphrubeshi Timure Road_NPL_ (18)03-Syaphrubeshi Timure Road_NPL_ (19)04-Syaphrubeshi Timure Road_NPL_ (20)05-Syaphrubeshi Timure Road_NPL_ (21)06-Syaphrubeshi Timure Road_NPL_ (22)07-Syaphrubeshi Timure Road_NPL_ (23)

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप