सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पारित
बिहीबार, २६ असार २०८२, १५ : ५६
सारांश
- सार्वजनिक लेखा समितिले २३औँ वार्षिक प्रतिवेदन पारित गरेको छ।
- समितिको बैठक सिंहदरबारमा बसेको थियो र प्रतिवेदन सर्वसम्मतिले पारित भयो।
- प्रतिवेदनमा बेरुजु फछ्र्यौट र समसामयिक विषयमा गरिएका निर्णयहरू समावेश छन्।
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २३औँ वार्षिक प्रतिवेदन पारित गरेको छ ।
बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले २३ औँ वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो । समितिले गरेका काम कारबाहीहरुको वार्षिक प्रतिवेदन सदनमा पेश गर्ने उद्देश्यले प्रतिवेदन पारित गरिएको समिति सभापति ऋषिकेश पोखरेलले बताए । उनकाअनुसार प्रतिवेदनमा बेरुजु फछ्र्यौटका कामहरु तथा समितिले समसामयिक विषयहरुमा गरेका निर्णयहरु प्रतिवेदनमा उल्लेख गरिएको छ ।
समितिको २३औँ वार्षिक प्रतिवेदन यही असार ३१ गते सदनमा पेश गर्ने समितिको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण