बैंकहरुमा राष्ट्रिय परिचयपत्र मार्फत केवाईसी संकलन हुने
सारांश
- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा राष्ट्रिय परिचयपत्र प्रणालीलाई बैंकिङ क्षेत्रमा एकीकृत गर्ने घोषणा गरेको छ।
- बैंक तथा वित्तीय संस्थाहरूले अब केवाईसी विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सक्नेछन्।
- गभर्नर डा. विश्वनाथ पौडेलले डिजिटल प्रणाली, भुक्तानी संरचना र नवप्रवर्तनलाई जोड दिने बताए।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा राष्ट्रिय परिचयपत्र प्रणालीको प्रयोगलाई बैंकिङ क्षेत्रसँग अझ प्रभावकारी रूपमा एकीकृत गर्ने घोषणा गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत यस्तो घोषणा गरिएको हो ।
मौद्रिक नीतिमा घोषणा गरे अनुसार बैंक तथा वित्तीय संस्थाहरूले ग्राहक पहिचान (केवाईसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सक्नेछन् । ग्राहकले एक पटक कुनै एक बैंकमा आफ्नो विवरण अद्यावधिक गरेपछि अन्य बैंक तथा सम्बन्धित निकायले पनि सो विवरण विद्युतीय प्रणालीमार्फत प्राप्त गर्न सक्ने पूर्वाधार निर्माण गरिनेछ ।
राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले आधुनिक प्रविधिको प्रयोगमार्फत वित्तीय प्रणालीलाई नयाँ चरणमा प्रवेश गराउने योजनाअन्तर्गत डिजिटल प्रणाली, सबल भुक्तानी संरचना, र नवप्रवर्तनको प्रवर्द्धनमा समेत जोड दिएको बताए । उनले भने, ‘सबल र सुरक्षित भुक्तानी प्रणाली विकास गरी विद्युतीय माध्यमबाट हुने कारोबार र वित्तीय पहुँच अभिवृद्धि गरिनेछ ।’
उनले भुक्तानी प्रणालीलाई सबल र सक्षम बनाउन यस क्षेत्रमा हुने नवीन अभ्यास र नवप्रवर्तन प्रवर्द्धन गर्न रेगुलेटरी स्यान्डबक्स सञ्चालनमा ल्याइने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण