शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

धादिङका दुवाडी चार दिनदेखि सम्पर्कविहीन

शुक्रबार, २७ असार २०८२, १७ : १०
शुक्रबार, २७ असार २०८२

काठमाडौँ ।धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मुरलीभन्ज्याङका भरत बहादुर दुवाडी सम्पर्कविहीन भएका छन् । पङ्खा बनाउने मान्छे खोज्न यही असार २३ गते घरबाट निस्किएका ६१ वर्षीय दुवाडी चार दिन देखि सम्पर्कविहीन भएका हुन् ।

देख्नुहुनेले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन परिवारले आग्रह समेत गरेको छ ।

उनी गत सोमबार बिहान साढे ११ बजे घरबाट निस्किएका थिए । उनको मानसिक स्वास्थ्य ठिक नभएको समेत परिवारले जानकारी दिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप