विकास आयोजनाहरूलाई द्रूत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले विकास आयोजना समयमै सक्न र लागत नबढाउन निर्देशन दिएका छन्।
- उनले ढिलासुस्ती र लापरबाहीले गर्दा विकास निर्माणका काममा समस्या आएको बताए।
- प्रधानमन्त्री ओलीले विकास निर्माणको कामलाई चुस्त दुरुस्त बनाउन आग्रह गरे।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरू समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै लागत लाग्ने र जनताले दुःख पाउने अवस्थामा क्रान्तिकारी रुपमा परिवर्तन गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार भएको राष्ट्रिय विकास समस्या समाधान समितिको ५४ औँ बैठकमा समितिका अध्यक्ष प्रधानमन्त्री ओलीले आफूहरू विकासलाई केन्द्रित गरेर अगाडि बढे पनि सोचे जति कामले गति लिन नसक्नुका समस्याहरू पहिचान गरी स्पष्ट कार्य योजनाका साथ लाग्न आग्रह गरेका हुन् ।
उनले सुनकोसी मरिन डाइभर्सन आयोजनाको सुरुङ बने पनि बाँकी कामको ठेक्का समयमा लाग्न नसकेका चिन्ता व्यक्त गर्दै यस्तो प्रवृत्तिबाट समयमा परिणाम र उत्पादन दिन नसकिने बताए ।
“जनतालाई मलमा अनुदान दिने नीति छ तर मल चाहिँ समयमा पाइँदैन । यस खालको जनता अलमल्याउने कुरा नगरौँ । बरु अनुदान घटाऔँ, आपूर्ति बढाऔँ ।” प्रधानमन्त्री ओलीको प्रश्न थियो, “हामीले देशको द्रूत गतिमा विकास गर्नुछ । लागत अनुमान रु १२ अर्ब लागतबाट थालनी गरिएको कुनै आयोजना रु ५२ अर्बसम्म लाग्ने स्थिति पनि देखिएको छ । यो स्थिति कसरी आयो ? यस्तो अति लापरबाही गर्नेलाई कारबाही गर्ने कि नगर्ने ?”
प्रधानमन्त्री ओलीले सम्झौता गरिएको ठेकेदार वा ढाँचाबाट काम नभए अर्को बाटो लिन जोड दिँदै यस खालको गतिले हामी उठ्न नसक्ने भएकाले कामको तरिकामा क्रान्तिकारी रुपमा परिवर्तनका लागि चुस्तदुरुस्त रुपमा गर्ने शैलीमा लाग्न आग्रह गरे ।
उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, प्रदेशका मुख्यमन्त्रीहरू, मुख्यसचिव र सचिवहरू सहभागी बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विकास समस्याहरूको कारण र समाधानका उपायहरूमा करिब साढे चार घण्टा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
-
प्रधानमन्त्री र पुँजी बजार–बीमा क्षेत्रका सरोकारवालाबिचकाे छलफल सकियो
-
पुटिन र चोबिच उच्चस्तरीय वार्ता : रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास
-
बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण