वैदेशिक रोजगारीमा जाने युवालाई ३ लाख र महिलालाई ५ लाखसम्म ऋण, धितो अनिवार्य नहुने
सारांश
- सरकारले वैदेशिक रोजगारीमा जान चाहने युवालाई ऋण दिने व्यवस्था गरेको छ।
- पुरुषले ३ लाख र महिलाले ५ लाख रुपैयाँसम्म विना धितो ऋण पाउनेछन्।
- श्रम मन्त्रालयले बैंकमार्फत सस्तो र सहज ऋण उपलब्ध गराउने जनाएको छ।
काठमाडौँ। सरकारले वैदेशिक रोजगारीमा जान चाहने युवाहरूका लागि ऋणको व्यवस्था गरेको छ। राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति अनुसार पुरुष युवाले ३ लाख रुपैयाँसम्म र महिलाले ५ लाख रुपैयाँसम्म ऋण पाउने भएका छन्।
यो ऋण लिनका लागि धितो अनिवार्य हुने छैन, जसले गर्दा रोजगारीका लागि विदेश जान चाहने तर आर्थिक अभाव भएका युवाहरूलाई ठूलो राहत मिल्ने सरकारको विश्वास छ।
वैदेशिक रोजगारीमा जाने युवाहरूलाई बैंक तथा वित्तीय संस्थाले धितो लिएर वा नलिईकनै प्रवाह गर्ने ३ लाख रुपैयाँसम्मको कर्जालाई अब ‘विपन्न वर्ग कर्जा’मा गणना गर्न सकिनेछ। महिलाको हकमा भने यो सीमालाई बढाएर ५ लाख रुपैयाँ पुर्याइएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विना धितो ऋणको व्यवस्था गरेको हो। विगतमा धेरै युवाहरूले विदेश जान लाग्ने टिकट, भिसा र अन्य खर्च जुटाउन चर्को ब्याजमा साहुसँग ऋण लिनुपर्ने वा जायजेथा धितो राख्नुपर्ने बाध्यता थियो।
यो नयाँ व्यवस्थाले त्यस्तो बाध्यतालाई अन्त्य गरी औपचारिक बैंकिङ प्रणालीबाटै सस्तो र सहज रूपमा ऋण लिन सहयोग पुग्ने श्रम मन्त्रालयको विश्वास छ। महिलाहरूका लागि बढाइएको ऋण सीमाले उनीहरूलाई वैदेशिक रोजगारीमा जान थप प्रोत्साहन मिल्नेछ।
श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरू चर्को ब्याजदरमा ऋण लिन बाध्य हुने गरेको बताउँदै सरकारले बैंकमार्फत ऋण दिने व्यवस्था गरिएको बताएका छन्।
त्यसका लागि मन्त्रालयले कार्यविधि बनाउने प्रक्रिया अगाडि बढाएको छ। त्यसरी ऋण लिएर वैदेशिक रोजगारीमा जाने युवाहरूले उक्त ऋण रकम विदेशमा काम गर्दै तिर्नुपर्ने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा
-
रास्वपा सह–महामन्त्रीमा असिम शाहको उम्मेदवारी घोषणा
-
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित
-
पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता
-
विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी गर्ने ४ जना पक्राउ
-
हुम्लाका ७ वटै स्थानीय तहले ल्याए बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण