बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

कास्कीमा जुवाखालबाट पाँच जना पक्राउ

मङ्गलबार, ३१ असार २०८२, १८ : ०३
मङ्गलबार, ३१ असार २०८२

पोखरा । कास्कीमा जुवातास खेल्ने पाँच जना नगद सहित पक्राउ परेका छन् । कास्की प्रहरीले माछापुच्छ्रे गाउँपालिकाबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद ७३ हजार रुपैयाँ र ४ बुक ताससमेत बरामद भएको छ ।

पक्राउ पर्नेहरूमा माछापुच्छ्रे–७ फेदी बस्ने ४१ वर्षीय विनोद गुरुङ, सोही ठाउँका ५३ वर्षीय धिर बहादुर गुरुङ र ४७ वर्षीय कृष्ण बहादुर गुरुङ छन् । त्यस्तै, माछापुच्छ्रे–८ ल्वाङघलेलका ४० वर्षीय चन्द्रमान तामाङ र पोखरा महानगरपालिका–२५ सुईखेतका ४० वर्षीय गंगा बहादुर थापा प्रहरी नियन्त्रणमा छन् । 

माछापुच्छ्रे गाउँपालिका–७, फेदीमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा छापा मार्दा उनीहरू पक्राउ परेका कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बहादुर बस्नेतले जानकारी दिए । 

पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर’ अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप