बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

थाइल्यान्डबाट ल्याएको ५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

बुधबार, ३२ असार २०८२, १२ : ५२
बुधबार, ३२ असार २०८२

काठमाडौँ । थाइल्यान्डबाट ल्याएको ५ किलो गाँजासहित प्रहरीले एकजना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीया लियाओन फुङथर छिन् । 

असार ३० मा एयर एसियाको उडानमार्फत काठमाडौँ आएका उनलाई विमानस्थलबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण व्यूरोका एसपी जनक बहादुर शाहीले रातोपाटीलाई बताए । 

आरोपीविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप