आर्थिक वर्षलाई सेयर बजारको उत्साहजनक बिदाइ, कारोबार १४ अर्बभन्दा माथि
सारांश
- आर्थिक वर्षको अन्तिम दिन सेयर बजार उत्साहजनक वृद्धि सहित बन्द भयो, नेप्से परिसूचक २७९४.७८ विन्दुमा पुग्यो।
- बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब रुपैयाँ कायम भयो, कारोबार रकम १४ अर्ब नाघ्यो, ब्याजदर घट्दा बजार बढ्यो।
- बुटवल पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भयो, कुमारी बैंक र थ्रिस्टार हाइड्रोपावरको मूल्य बढ्यो, माइखोला हाइड्रोपावरको मूल्य घट्यो।
काठमाडौँ । आर्थिक २०८१/८२ को अन्तिम दिन सेयर बजार उत्साहजनक वृद्धिसहित बन्द भएको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४.६१ अंकले बढेर २७९४.७८ को विन्दुमा पुगेर बन्द भएको छ। योसँगै बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब ६९ लाख रुपैयाँ कायम भएको छ ।
बजार परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भई १४ अर्ब रुपैयाँ नाघेको छ । वर्षान्तको ह्याङओभर सकिएको, उत्साहजनक मौद्रिक नीति र बैंक तथा वित्तीय संस्थाको घट्दो ब्याजदरका कारण बजार परिसूचक बढेको हो ।
आज बजारमा कारोबारमा आएका कुल २४८ कम्पनीमध्ये १९३ वटाको सेयर मूल्य बढेको छ भने ५५ वटाको मूल्य घटेको छ।
आज दिनभरिमा कुल १४ अर्ब ३ करोड ४८ लाख रुपैयाँ बराबरका सेयर खरिदबिक्री भएका छन् । कारोबार रकमका आधारमा आज बुटवल पावर कम्पनी सबैभन्दा अगाडि रह्यो। सो कम्पनीको ६१ करोड ८७ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। त्यसैगरी, राधी जलविद्युत कम्पनीको ५६ करोड ६९ लाख र शिवम् सिमेन्टको ३९ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज कुमारी बैंकको डिवेञ्चरमा र थ्रिस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो। यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८.४१ प्रतिशत एनआईबीएल स्ट्याबल फण्डका लगानीकर्ताले ८.३० प्रतिशत कमाएका छन्। आज बजारमा माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.८७ प्रतिशतले घटेको छ ।
समग्र बजार र कारोबार बढ्दै गर्दा आज सबैभन्दा धेरै वृद्धि विकास बैंक समूहमा भएको छ । उक्त समूहमा ३.८६ प्रतिशतको वृद्धि भएको हो । ट्रेडिङ समूह भने आज सामान्य अंकले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण