किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा निर्वाचित
सारांश
- किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा निर्वाचित भएका छन्।
- उनी यसअघि काउन्सिलको महासचिवको जिम्मेवारीमा थिए।
- सोमबारदेखि तान्जानियामा सुरु भएको विश्व सम्मेलनमा २७ राष्ट्रका प्रतिनिधिहरूको सहभागिता थियो।
काठमाडौँ । प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा निर्वाचित भएका छन् ।
अफ्रिकी मुलुक तान्जानियाको आरुसामा जारी काउन्सिलको शिखर सम्मेलनबाट श्रेष्ठ उपाध्यक्षमा चयन भएका हुन्। उनी यसअघि काउन्सिलको महासचिवको जिम्मेवारीमा समेत रहेका थिए।
आगामी तीन वर्षका लागि काउन्सिलको नयाँ नेतृत्व सर्वसम्मतिबाट चयन गरिएको भए पनि सम्पूर्ण निर्वाचन प्रक्रिया पूरा गरिएको थियो। श्रेष्ठको प्रस्तावक भारतीय प्रेस काउन्सिलका प्रतिनिधि सुधीरकुमार पण्डा थिए भने उहाँको उम्मेदवारीलाई जिम्बाब्वेका लफ्टी दुबे, म्यान्मारका डा. तिन तुन ओ, कोसोभोका इब्राहिम अर्सलान र तान्जानियाका काजुबी मुकाजाङ्गाले समर्थन गरेका थिए।
विश्व प्रेस काउन्सिलको अध्यक्षमा केन्याका डेभिड ओम्ओयो, अर्का उपाध्यक्षमा साइप्रसका अली हान्सेर्ली निर्वाचित भएका छन् । त्यस्तै, तान्जानियाका अर्नेस्ट साम्सोन सुङ्गुरा महासचिव, टर्कीका तामेर अताबारुत कोषाध्यक्ष र अन्तर्राष्ट्रिय सम्पर्क संयोजकमा भारतका सिके नायक तथा तान्जानियाका जियादा किलोबो चयन भएका छन्।
सोमबारदेखि तान्जानियाको आरुसामा सुरु भएको विश्व सम्मेलनमा नेपालसहित २७ राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण