२ करोड बढीको विद्युतीय सामानसहित चिनियाँ नागरिक पक्राउ
बुधबार, ३२ असार २०८२, २० : ५७
काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–३२ स्थित पुरानो सिनामंगलबाट राजस्व छली गरेको विद्युतीय सामग्री सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक ३८ वर्षीय यु वाङ छन् । चीनको स्यान्डोङ घर भएका वाङलाई २ करोड १९ लाख ७६ हजार मूल्य पर्ने विद्युतीय सामाग्री सहित पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
आरोपीले लुकाएर राखेको अवस्थामा प्रहरीले ल्यापटपका पाटपुर्जा, सिसी क्यामेरा, एचडी क्यामेरा र ब्याट्री लगायतका भन्सार छलिको सामान प्रहरीले बरामद गरेको छ ।
उनलाई थप अनुसन्धान र कारबाहीको लागी राजस्व अनुसन्धान विभागमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा महिलाको शव फेला
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण