इचङ्गुनारायण मन्दिरको पुनर्निर्माणको काम सम्पन्न
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका वडा नम्बर तीनस्थित धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको इचङ्गुनारायण मन्दिरको पुनर्निर्माणको काम सम्पन्न भएको छ ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको मन्दिरको बागमती प्रदेश सरकारको योजनाअनुरूप नागार्जुन नगरपालिका र काठमाडौँ महानगरपालिकाको लागत साझेदारीमा पुनर्निर्माण गरिएको हो ।
भूकम्पले मन्दिरको श्रीगणेश अर्थात् महालक्ष्मी द्यःछें देवता घर क्षतिग्रस्त भएको थियो । पुनर्निर्मित इचङ्गुनारायण मन्दिर र श्री गणेश (महालक्ष्मी द्यःछें देवताघर को बागमती प्रदेशका कार्यवाहक मुख्यमन्त्री एवम् कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै कार्यवाहक मुख्यमन्त्री प्रकाश श्रेष्ठले नागार्जुन नगरपालिकालाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने बताए । उनले इचङ्गुनारायण मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्त्वबारे व्याख्या गरेका थिए । उनले विकास निर्माणको काममा कुनै आग्रह पूर्वाग्रह नराख्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
-
अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ
-
नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक
-
नारायणीमा एक वर्षमा साढे छ किलोमिटर तटबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण