लागूऔषधसहित दुई जना पक्राउ
बिहीबार, ०१ साउन २०८२, २० : ००
रौतहट । रौतहटको पूर्विभेग राजदेवी नगरपालिका वडा नम्बर १ स्थित लक्ष्मीपुरबाट लागूऔषधसहित दुई जना युवक पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत लागू औषध नियन्त्रण ब्यूरो शाखाको संयुक्त टोलीले बुधबार राति भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनालाई लागूऔषध सहित पक्राउ गरेको हो।
प्रहरीले विआर ०५ यु ५८६० नम्बरको मोटरसाइकलमा सवार राजदेवी ८ का २३ वर्षीय नितेश कुमार पण्डित र ३२ वर्षीय निखिल कुमार यादवलाई चेकजाँचको क्रममा पक्राउ गरेको रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीले बताए।
उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा महिलाको शव फेला
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण