कलाकार मानन्धरको विशेष चित्रकला प्रदर्शनी
काठमाडौँ । एनसेल फाउण्डेसनसँगको सहकार्यमा कलाकार किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु भएको छ ।
काठमाडौँको ठमेलस्थित म्युजियम अफ नेपाली आर्ट, काठमाडौँ आर्ट हाउस, काठमाडौँ गेष्ट हाउस र काठमाडौँ गेस्ट हाउस पाटनमा बिहीबार एकसाथ प्रदर्शनी सुरु भएको हो ।
करिब आधा शताब्दी लामो मानन्धरको कला यात्रामा क्रममा सृजना गरिएका केही चित्रकलालाई प्रदर्शनीमा राखिएको छ । रङ, रेखा र अराजकताको दशकहरूलाई उजागर गरिएको चित्रकलामा यस अवधिका विविध आयामहरूलाई समेटिएको आयोजक म्युजियम अफ नेपाली आर्टले जनाएको छ ।
‘प्रदर्शनीको नाम स्वयम कलाकारकै नाम किरणबाट आएको हो, जसको अर्थ प्रकाश हुन्छ’, म्यूजियम अफ नेपाली आर्टका राजन शाक्यले भने, ‘प्रकाशमा फेरि प्रकाश हाल्न आवश्यक छैन, त्यसैले किरण मानन्धर स्वयं प्रकाश हुनुहुन्छ ।’
कलाकार किरण मानन्धरले यस प्रकारका प्रदर्शनीले नेपाली कला र संस्कृतिको प्रवर्द्धन र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।विशेष गरी नयाँ पुस्तामा ज्ञान, सीप र कला हस्तान्तरणमा यसले भूमिका खेल्नेमा उनले विश्वास व्यक्त गरे ।
‘मैले यस प्रकारका प्रदर्शनी कैयौँ पटक आयोजना गरेको छु, यसबाट दर्शकहरूसँग साक्षात्कार गर्ने अवसर प्राप्त हुनुका साथै कला र संस्कृतिबारे ज्ञान साट्ने अवसर प्राप्त हुन्छ’, उनले भने ।
उनले एनसेललगायतका संस्थाले प्रदर्शनी आयोजनाका लागि गरेको सहयोगमा आभार व्यक्त गरे । एनसेल फाउण्डेसन तथा विशेष परियोजनाकी निर्देशक विशाखा लक्ष्मी कुँवरले कलाकार मानन्धरसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन् ।
प्रदर्शनीमा एनसेल फाउण्डेसन, ओल्ड दरबार, कोसेया डोचा र सोलुखुम्बु जस्ता ब्रान्डले सहयोग गरेका छन् ।आगामी सेप्टेम्बरसम्म सञ्चालन हुने प्रदर्शनीमा प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म अवलोकन गर्न पाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण