सुर्खेतमा चाइनिज हतियार, लागूऔषध र जरायोको सिंङसहित दुई जना पक्राउ
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चाइनिज हतियार र ठुलो मात्रामन लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ का २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरे रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो ।प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार वीरेन्द्रनगर–८ स्थित कृष्ण मन्दिर नजिकैको एक घरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरूको साथबाट एक थान सेमी–अटोमेटिक चाइनिज पेस्तोल, सोही पेस्तोलमा लाग्ने दुई थान म्यागजिन र १२ राउन्ड गोली बरामद गरेको छ ।
यसैगरी, विभिन्न साइजका चार थान खुकुरी, दुई थान चक्कु, एक थान बन्चरो र एक थान स्टिल स्टिक पनि बरामद भएको छ ।
साथै, प्रहरीले ठुलो परिमाणमा लागूऔषधसमेत बरामद गरेको छ । जसमा १४ सय २६ ट्याब्लेट ट्रामाडोल र नाइट्राजेपाम रहेको छ । प्रहरीले प्रतिबन्धित वन्यजन्तु जरायोको सिङ एक थान पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए ।
यसरी गरियो ’अप्रेसन’
एक स्थानीय व्यक्तिले प्रहरी कन्ट्रोल रुममा आएर आफ्नो टोलमा केही शङ्कास्पद गतिविधि भइरहेको र केही युवाहरूले लागूऔषधको कारोबार तथा हतियार बोकेर हिँड्ने गरेको सूचना दिएका थिए ।
सोही सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई बिहीबार बेलुका ९ बजेतिर पक्राउ गर्न सफल भएको हो ।
प्रहरी उपरीक्षक शाहीले भने, ’उनीहरुले आफ्नो व्यक्तिगत सुरक्षा र अन्य समूहसँगको झैझगडाको लागि यस्ता हतियारहरू प्रयोग गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।’
पक्राउ परेका शाही फरार अभियुक्त
पक्राउ परेका विधान शाही ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त रहेको पनि खुलेको छ । शाहीमाथि ०७८ साल भदौमा नीरज श्रेष्ठलाई खुकुरी प्रहार गरेको आरोपमा मुद्दा दर्ता भएको थियो
सोही घटनामा संलग्न अन्य तीन जना पक्राउ परे पनि शाही फरार रहँदै आएका थिए ।प्रहरीले पक्राउ परेका दुवै जनालाई लागूऔषध, हतियार तथा खरखजाना र वन्यजन्तुसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।
उनीहरुले नेपालगञ्ज सीमावर्ती क्षेत्रबाट लागूऔषध खरिद गरी सुर्खेतमा दसौँ गुणा महँगोमा बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा महिलाको शव फेला
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण