पक्राउ
कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा राष्ट्र बैंकका पूर्व कर्मचारी पक्राउ
शुक्रबार, ०२ साउन २०८२, १९ : ०८
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा राष्ट्र बैंकका एक जना पूर्व कर्मचारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्र बैंकबाट अवकाश प्राप्त कर्मचारी भुवन बस्नेत छन् ।
बस्नेतलाई काठमाडौंबाट पक्राउ गरिएको ब्युरोका एआईजी चन्द्रकुवेर खापुङले पुष्टि गरे । यसअघि सो बैंक घोटालामा संलग्न आरोपमा पूर्व अध्यक्ष पशुपति दयाल मिश्र र प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ परेका थिए ।
आरोपीहरूलाई जिल्ला प्रहरी कार्यालय नेपालगञ्जको हिरासतमा राखेर सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ । बस्नेतलाई पनि नेपालगञ्ज पठाइने एआईजी खापुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा महिलाको शव फेला
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण