काठमाडौँ । मुग्लिङ–पोखरा सडक अन्तर्गत तनहुँ खण्डको काम लगभग सकिएको छ । मुग्लिङ–पोखरा सडक आयोजना पूर्वी खण्डका आयोजना प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्म ४१.५ किलोमिटर चार लेन सडक कालोपत्रे भइसकेको छ ।
यसैगरी डुम्रे र दमौली बजारमा ६ लेनको सडक बनाइएको छ । 'मेजर कामहरू सबै सकियो। छिटफुट कामहरू जस्तै एप्रोच रोड र सडक सुरक्षाका कामहरू बाँकी छन् । टाफिक सङ्केतहरू राख्न बाँकी छ,' उनले भने ।
निर्माण व्यवसायीका प्रतिनिधि दिनेशकुमार श्रेष्ठले मादी नदीमा ३१८ मिटर लम्बाइको मोटरेबल पुल निर्माण भइरहेको बताए । तनहुँको सदरमुकाम दमौली नजिकै व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदीमा पृथ्वी राजमार्गकै सबैभन्दा लामो ‘आर्क डिजाइन’को चार लेनको पुल निर्माण भइरहेको छ ।
यो नेपालकै पहिलो चार लेनको मोटरेबल पुल रहेको मुग्लिङ–पोखरा सडक आयोजना पूर्वी खण्डले जनाएको छ । यो पुलको कुल लागत १ अर्ब २१ करोड छ । डिजाइन एण्ड बिल्ड ठेक्का अनुसार निर्माण सम्झौता भएको यो पुल नेपाली निर्माण कम्पनीले नै डिजाइन गरेको हो ।
एएनके निर्माण सेवा र चाइनिज निर्माण कम्पनीको संयुक्त रूपमा ठेक्का लिएर निर्माण भइरहेको यो पुलको करिब ५ वर्ष मर्मत सम्भार निर्माण कम्पनीले गर्नुपर्ने छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_mFymo3H2CR.jpg)
_cDCsG9Exnc.jpg)
_0AW42XAnkr.jpg)
_C3ZacK9OG7.jpg)
_zxEeh5f3Nr.jpg)
_HDiSZF62xO.jpg)
_41GIJX34Ox.jpg)
_NEQZQr38Rs.jpg)
_VRXL0iToRo.jpg)
_wG9dg2Lzq4.jpg)
_pIADPt0c9I.jpg)
_UQycwtVIPh.jpg)
_xCssg2q5wk.jpg)
_U0zv21kU1f.jpg)
_uQzOnxCyhS.jpg)
_QNBijeGW4v.jpg)
प्रतिक्रिया