डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
सारांश
- नेपाली कांग्रेसले पार्टीको सदस्यता वितरण र व्यवस्थापनमा क्रान्तिकारी परिवर्तन गरी पूर्ण रूपमा डिजिटल नेटवर्कमा जोडिने अभियान सुरु गरेको छ ।
- महामन्त्री प्रदीप पौडेलका अनुसार ७ लाख ८८ हजार सदस्यको विवरण अद्यावधिक गरिएको छ र अब नयाँ सदस्यता डिजिटल माध्यमबाट लिइनेछ ।
- यस अभियानले पार्टीलाई प्रविधिमैत्री र आधुनिक बनाउने, आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने र युवाहरूको भूमिका बढाउने विश्वास व्यक्त गरिएको छ ।
काठमाडौँ । नेपाली कांग्रेसलाई मुलुककै सबैभन्दा बढी सदस्य भएको र पूर्ण रूपमा डिजिटल नेटवर्कमा जोडिएको पार्टी बनाउने अभियान सुरु भएको बताएको छ ।
कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक महामन्त्री प्रदीप पौडेलले बीपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा बिहीबार राष्ट्रिय सभागृहमा आयोजित ‘नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा बोल्दै पार्टीको सदस्यता वितरण र व्यवस्थापनमा क्रान्तिकारी परिवर्तन गरिएको दाबी गरे ।
महामन्त्री पौडेलले पार्टीको सदस्यता अद्यावधिक गर्ने कार्य उत्साहजनक रूपमा अघि बढेको जानकारी दिए । ‘गत पुससम्म ७ लाख ८८ हजार सदस्यको विवरण अद्यावधिक गरिएको छ’ उनले भने, ‘नवीकरण गरिएका सदस्यहरूले फेरि किन अद्यावधिक गर्ने भन्ने केही अन्योलका बाबजुद ८० प्रतिशतभन्दा बढीले आफ्नो विवरण अद्यावधिक गरिसक्नुभएको छ । यसका लागि सहयोग गर्ने सबैप्रति म आभार व्यक्त गर्दछु ।’
विगतमा कांग्रेसभित्र सदस्यता वितरणलाई लिएर हुने विवाद अब अन्त्य भएको पौडेलले बताए । उनका अनुसार अब नयाँ सदस्यता पूर्ण रूपमा डिजिटल माध्यमबाट लिने व्यवस्था गरिएको छ । ‘अब कांग्रेसका हरेक सदस्यसँग आफ्नै डिजिटल आइडी हुनेछ,’ उनले भने, ‘नेपाली कांग्रेसका सबै सदस्य एउटै डिजिटल नेटवर्कमा जोडिनेछन्, जसले पार्टीलाई प्रविधिमैत्री र आधुनिक बनाउनेछ ।’
महामन्त्री पौडेलले १८ वर्ष पुगेका र राजनीतिक दलको सदस्य बन्न योग्य सबै नेपालीका लागि कांग्रेसको ढोका खुल्ला रहेको बताए । पार्टीको केन्द्रीय संरचनामा युवाहरूको भूमिका बढाउन ३५ वर्षभन्दा कम उमेरका २१ जनालाई केन्द्रीय समितिमा ल्याउने विशेष व्यवस्था विधानमै गरिएको उनले जानकारी दिए ।
पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन अब उम्मेदवार छनोटको प्रक्रिया पनि परिवर्तन हुने उनको भनाइ छ । ‘आगामी दिनमा कांग्रेसले विभिन्न तहका निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा सदस्यहरूबिच प्रारम्भिक निर्वाचन गराएर मात्र गर्नेछ,’ उनले भने ।
१४ औँ महाधिवेशनमा रहेका सदस्यहरूको सङ्ख्याकै हाराहारीमा १५ औँ महाधिवेशन अगावै सदस्यहरू अद्यावधिक भइसक्ने अवस्था बनेको भन्दै उनले कांग्रेसलाई नेपालकै सबैभन्दा ठुलो र अनुशासित सदस्यहरूको सङ्गठन भएको पार्टी बनाउने बताए ।
महामन्त्री पौडेलले यो नवीन अभियानले कांग्रेसमा नयाँ ऊर्जा थप्ने विश्वास समेत व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण