नेपाल एसबिआई बैंकको ऋणपत्र चार गुणाभन्दा बढीले ओभरसब्सक्राइब
सारांश
- नेपाल एसबिआई बैंकले ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गरेको छ, जुन चार गुणा बढी ओभरसब्सक्राइब भएको छ।
- यो ऋणपत्रमा ३० लाख इकाइ थिए, जसमा १८ लाख निजी प्लेसमेन्ट र १२ लाख सर्वसाधारणका लागि खुला गरिएको थियो।
- ७% ब्याजदर रहेको यो ऋणपत्र १० वर्षका लागि जारी गरिएको हो, जसको निष्कासन नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको हो।
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडद्वारा जारी ‘७% नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ को निष्कासन सम्पन्न भएको छ। कुल ३० लाख इकाइ, प्रत्येक रू. १,००० अंकित मूल्यका साथ रु. ३ अर्ब बराबरको यो ऋणपत्र चार गुणाभन्दा बढीले ओभरसब्सक्राइब भएको छ।
२०७८ असार ३० गतेदेखि साउन १ गतेसम्म खुलेको उक्त निष्कासनमा १ करोड २० लाखभन्दा बढी इकाइका लागि आवेदन प्राप्त भएको बैंकले जनाएको छ। यस ऋणपत्रमध्ये १८ लाख इकाइ निजी प्लेसमेन्टमार्फत र १२ लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत उपलब्ध गराइएको थियो।
सार्वजनिक निष्कासनमध्ये ५% अर्थात् ६० हजार इकाइ म्युचुअल फन्डहरूका लागि आरक्षित गरिएको थियो। १० वर्ष अवधिका लागि जारी यो ऋणपत्रमा ७% वार्षिक ब्याजदर प्रस्ताव गरिएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट २०८२ जेठ ७ गते स्वीकृति प्राप्त यस ऋणपत्रको निष्कासन तथा बिक्री व्यवस्थापन नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गरेको हो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण