राजनीति
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी भेट्दै
आइतबार, ०४ साउन २०८२, १२ : १९
सारांश
- प्रधानमन्त्री केपी शर्माओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज च्यासलमा भेट्ने भएका छन्।
- एमाले पोलिटब्युरो बैठकमा भण्डारीको सदस्यताको विषयमा विवाद उठेको थियो।
- विवाद मिलाउन अध्यक्ष ओलीले भण्डारीलाई भेट्न बोलाएका हुन्।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज भेट्ने भएका छन्। एमाले पार्टी कार्यालय च्यासलमा दिउँसो ३ बजे भेट्ने कार्यक्रम तय भएको हो।
च्यासलमा भेट्ने कार्यक्रम तय भएको भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए । एमालेको पोलिटब्युरो बैठकमा हिजो भण्डारीको एमालेको सदस्यता सम्बन्धी विवाद चर्को रूपमा उठेको थियो।
नेताहरूले विवाद मिलाउन अध्यक्ष समेत रहेका ओलीलाई जिम्मा दिएका थिए। त्यहीबारे छलफल गर्न ओलीले भण्डारीलाई बोलाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण