अनिस सापकोटाकाे नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक
काठमाडौँ । ९० को दशकमा ‘मेरी ओकिली...’, ‘झ्यालबाट हेर...’ जस्ता गीतमार्फत नेपाली साङ्गीतिक क्षेत्रमा लोकप्रियता कमाएका गायक अनिस ‘ओकिली’ सापकोटाले नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक गरेका छन् ।
अमेरिकामा बसेर पनि नेपाली सङ्गीतलाई निरन्तरता दिँदै आएका उनले यो गीतमा शब्द, सङ्गीत र स्वर आफैँले दिएका छन् ।
‘मैले अमेरिकामा पनि नेपाली दाजुभाइ/दिदीबहिनीका लागि गीत गाइरहेँ, कहिल्यै छोडिनँ र निरन्तरता दिइरहेको छु । यसपटक गीत तयार गर्नुका साथै भिडियोमा आफैँ प्रस्तुत हुनु मेरो लागि फरक अनुभव रह्यो’, उनले भने ।
उनले लगभग तीन महिनामा यो गीतलाई तयार गरेका हुन् । पप/सफ्ट रक विधामा पर्ने गीतमा उनले मायाको वर्णन गरेका छन् ।यसपटक म्युजिक भिडियोमा समेत उनी आफैँ प्रस्तुत भएका छन् । गीतमा ओकिलीसँगै एरिशा श्रेष्ठले मोडलिङ गरेकी छन् ।
गीतको भिडियो गायक तथा सङ्गीतकार जेम्स प्रधानले तयार पारेका हुन्, जसमा छायाङ्कन, सम्पादन, रङ्ग संयोजन र निर्देशन उनकै रहेको छ । अमेरिकाको रमणीय दृश्यमा खिचिएको यो गीतले दर्शकको ध्यान तान्नेमा ओकिली विश्वस्त छन् ।
‘एउटा प्रेम भावको गीत तयार गर्ने इच्छा यसपटक पुरा भएको छ । यो गीतले प्रेमको काल्पनिक संसारमा वर्णन गरेको छ’, उनले भने ‘मेरा अघिल्ला गीतमा अरू नै मोडल छन् । तर यसपटक गीतको भाव अनुसार निर्देशक जेम्स दाइले खेल्ने प्रस्ताव राख्नुभएपछि म आफैँ अगाडि आएको हुँ ।’
पछिल्लो समय ‘रिदम काठमाडौँ’ नामक गीतिसंग्रह ल्याएका ओकिलीले यसपटक सिङ्गल ट्रयाक ल्याएका छन् । प्रचारप्रसारसँगै तयार गर्न पनि सजिलो हुने भएकाले उनले यसपटक एउटा गीत मात्र लिएर आएको बताए ।
उक्त गीतलाई जेनरिक्सले एरेन्ज गरेका हुन् । उक्त गीतलाई अनिश ओकिली युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
नेपाली–अमेरिकी सङ्गीतकार ओकिलीले १९९० को दशकमा नेपालमा ‘ओकिली’ ब्यान्डको संस्थापक सदस्यका रूपमा सङ्गीत यात्रा सुरु गरेका थिए । ‘गुलाबी जाडो’, ‘जुनेली रात’, ‘तिम्रो बानी ब हो’, ‘तिमी नै राम्री’ र पछिल्लो ‘सिमला भुवा’ मार्फत उनले विश्वभरका नेपाली दर्शकमाझ पहिचान बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : चितवनका नेता खुसी
-
विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
-
जेनजी र अन्य सहिदबिचमा विभेद गरेको भन्दै दायर रिटमा सरकारलाई छलफलमा बोलाउने आदेश
-
कांग्रेसको निर्वाचन समितिमा दुई जना मनोनीत
-
दक्षिण अफ्रिकाका वरिष्ठ प्रहरी अधिकारीमाथि घातक हमला
-
प्रधानमन्त्री बालेन लक्षित अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ, विरोधमा सुकुम्बासी मोर्चा आन्दोलनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण