‘प्रो होण्डा जेनुईन इन्जिन आयल’ नेपाली बजारमा
काठमाडौँ । होण्डाको ‘प्रो होण्डा जेनुईन इन्जिन आयल’ अब नेपाली बजारमा पनि उपलब्ध भएको छ। नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. ले यो इन्जिन आयललाई ग्लोबल होण्डा ब्राण्डका रूपमा नेपाली बजारमा भित्र्याएको हो।
कम्पनीका अनुसार, प्रो होण्डा इन्जिन आयल मोटरसाइकल र पावर प्रोडक्ट्सका लागि विशेष रूपमा विकास गरिएको अत्याधुनिक र विश्वस्तरीय इन्जिन आयल हो। यसको उद्देश्य होण्डाका सबै ग्राहकलाई गुणस्तरीय र भरपर्दो इन्जिन संरक्षण सुविधा उपलब्ध गराउनु हो।
यो इन्जिन आयलले इन्जिनको भित्री भागमा हुने घर्षणलाई न्यून पार्ने भएकाले इन्धन खपत कम गर्छ र मर्मत खर्च घटाउने कम्पनीको दाबी छ। साथै, खिया लाग्न नदिने विशेष गुणले इन्जिनका पाटपुर्जालाई जोगाएर समग्र आयु बढाउने बताइएको छ। वातावरणमैत्री प्रविधिमा आधारित यस इन्जिन आयलले प्रदूषण समेत न्यून पार्न सहयोग गर्छ।
प्रो होण्डा आयल विभिन्न भेरियन्टहरूमा उपलब्ध छन् । यसमा १० डब्लु ३० एमए नेपाल १ लिटर, त्यसपछि १० डब्लु ३० एमबी नेपाल ०.८ लिटर, ५ डब्लु ३० एमए नेपाल ०.६ लिटर, ५ डब्लु ३० एमबी नेपाल १ लिटर, र होण्डा हाई पर्फमेन्स इन्जिन आयल एसएई १० डब्लु ३० रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण