कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २१ वर्षपछि पक्राउ
संखुवासभा । २१ वर्षदेखि फरार रहँदै आएका कर्तव्य ज्यान मुद्दाका अभियुक्त शम्सेर बहादुर तामाङलाई संखुवासभा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाले दिएको जानकारीअनुसार तामाङलाई साउन ५ गते चैनपुर नगरपालिका–९ स्थित घरमै लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको हो ।
६२ वर्षीय तामाङले २०६१ साल चैत २२ गते भोजपुर जिल्ला जरायोटार–४ निवासी ३६ वर्षीय पर्शुराम बि.क.को ज्यान लिएको अभियोगमा दोषी ठहरिएर फरार रहँदै आएका थिए । उनलाई २०६९ साल असार १७ गते धनकुटा पुनरावेदन अदालतले २ वर्ष कैद सजाय तोकेको थियो ।
गाउँघरमै फर्किएर बसिरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको टोलीले तामाङलाई पक्राउ गरेको हो ।
उनलाई संखुवासभा जिल्ला अदालतमा पेस गरिएको र अदालतको आदेशअनुसार कैद भुक्तानका लागि कारागार कार्यालय खाँदबारी पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा महिलाको शव फेला
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण