सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

जसपाका पूर्वप्रदेश सांसद र संविधानसभा सदस्य जनमतमा प्रवेश

सोमबार, ०५ साउन २०८२, १९ : ५४
सोमबार, ०५ साउन २०८२

बारा । संविधानसभा सदस्य प्रमोद गुप्ता र पूर्वप्रदेशसभा सदस्य पारसप्रसाद साह जनता समाजवादी पार्टी परित्याग गरेर जनमत पार्टी प्रवेश गरेका छन् । सोमबार कलैयामा आयोजित कार्यक्रममा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा रहेका उनीहरु सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका हुन् । 

जनमत पार्टीका अध्यक्ष राउतले २०६४ मा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित संविधानसभा सदस्य गुप्ता र २०७४ मा निर्वाचन क्षेत्र नम्बर ३ ’ख’ बाट निर्वाचित मधेश प्रदेशसभाका पूर्वसदस्य साहलाई जनमत पार्टीमा प्रवेश गराएका हुन् ।

दुवै नेताले उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार पार्टीबाट राजनीति सुरु गरेका थिए । उनीहरू पछिल्लो समय अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा थिए । दुवैले आफूसहित ५०० कार्यकर्ताले पार्टी परित्याग गरेको दाबी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप