बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

वैदेशिक रोजगारीको आवरणमा ठगेको आरोपमा दुई जना पक्राउ

सोमबार, ०५ साउन २०८२, २० : ०१
सोमबार, ०५ साउन २०८२

काठमाडौँ । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका घर भएकी २९ वर्षीया जुनु थापा मगर र बर्दियाको गुलरिया नगरपालिका–२ घर भएका ३३ वर्षीय सुदिप कुमार यादव छन् । 

आरोपीहरूलाई आइतबार काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) काजी कुमार आचार्यले रातोपाटीलाई बताए । 

थापा मगरले स्लोभाकिया पठाउँछु भनेर ३ लाख र यादवले सर्बिया पठाउँछु भनेर १८ लाख ५० हजार ठगी गरेको अनुसन्धानबाट थाहा भएको छ । 

उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप