काठमाडौँमा पाचाैँ भेज फेस्ट हुने
काठमाडौँ । पशु कल्याणको क्षेत्रमा सक्रिय संस्था स्नेहाज केयरले १० साउनमा काठमाडौँको बौद्धस्थित उत्पला क्याफेमा पाँचौं ‘काठमाडौं भेज फेस्ट’ आयोजना गर्ने भएको छ ।
वनस्पतिमा आधारित (भिगन) खाना र जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो ।
महोत्सवमा ९० भन्दा बढी स्टलहरू रहनेछन्, जहाँ विभिन्न भिगन रेस्टुरेन्ट, अर्गानिक कृषि उपज, हस्तकलाका सामग्री, गरगहना तथा पशु कल्याणसम्बन्धी जानकारीमूलक सामग्रीहरू प्रदर्शन तथा बिक्रीका लागि राखिनेछन् ।
अवलोकनकर्ताहरूले विभिन्न प्रकारका स्वादिष्ट भिगन परिकारहरूको स्वाद लिनुका साथै लाइभ म्युजिक, नृत्य प्रस्तुति तथा बालबालिकाका लागि आयोजित विभिन्न कार्यक्रमहरूको पनि आनन्द लिन सक्नेछन् ।
वि.सं. २०७२ मा स्थापित स्नेहाज केयरले विगत एक दशकदेखि बेवारिसे पशुपक्षीको उद्धार, उपचार, बन्ध्याकरण तथा पुनर्स्थापना जस्ता कार्यहरू गर्दै आएको छ ।
संस्थाले सन् २०१७ देखि नै पशु कल्याण अभियानको एक महत्त्वपूर्ण अङ्गको रूपमा वनस्पतिमा आधारित आहारलाई बढावा दिँदै आएको छ ।
संस्थाका अनुसार यस्तो आहार व्यक्ति, पर्यावरण र पशु सबैको हितमा हुने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंककको बारमा आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
-
लुम्बिनीमा धान रोपाइँ ५९.९४ प्रतिशत
-
ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्रे योजना अधुरै
-
इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कटुवाल विजयी
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
तराई नजिक मनसुनको न्यून चापीय रेखा : तीन प्रदेशमा भारी वर्षाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण