नेपाली महिलाको गलामा २९ करोड ४६ लाखको विदेशी पोते
मङ्गलबार, ०६ साउन २०८२, ११ : ५९
काठमाडौँ । नेपालको परनिर्भरता देखाउने भन्सार विभागको तथ्याङ्कको सार्वजनिक भएको छ । नेपाली महिलाहरूले लगाउने पोतेमा आयातले धानेको देखिएको हो ।
विभागले गत आर्थिक वर्ष २०८१–०८२ मा नेपाली महिलाहरूले प्रयोग गर्ने पोते विभिन्न १२ वटा देशहरूबाट २९ करोड ४६ लाख रुपैयाँ बराबरको आयात भएको छ ।
कुल ६ लाख ५ हजार केजी पोते आयात भएको हो । चीनबाट मात्रै ५ लाख २९ हजार केजी अर्थात २३ करोड ४२ लाखको पोते आयात भएको छ । यस्तै चेक रिपब्लिक, हङकङ, भारत, जापान, कोरिया, नेदरल्याण्ड, पाकिस्तान, टर्की, युक्रेन, अमेरिका र उज्बेकिस्तान जस्ता देशबाट पोते आयात भएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण