नेपालमा धेरै पार्टी भएपनि विचारमा अन्तर छैन: मन्त्री पौडेल
मङ्गलबार, ०६ साउन २०८२, १२ : २६
सारांश
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नेपालमा धेरै पार्टी भएपनि विचारमा अन्तर नरहेको बताए।
- उनले आज नेपालमा आर्थिक नीति कसको के हो भन्ने कुरा स्पष्ट रहेको बताए।
- मन्त्री पौडेलले सरकारमा जाँदा पार्टीको फेहरिस्त कार्यान्वयन गर्ने सन्दर्भमा स्पष्टताको जरुरी रहेको बताए।
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालमा धेरै पार्टी भएपनि विचारमा अन्तर नरहेको बताए । बीपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आज नेपालमा आर्थिक नीति कसको के हो ? भन्ने कुरा स्पष्ट रहेको बताए। उदारवादी अर्थतन्त्रको नीति नेपाली कांग्रेसले नै सुरु गरेको र सबैले विश्वास गरिरहेको उनले बताए ।
नेकपा एमालेसहित अन्य नयाँ राजनीतिक दलहरूको पनि कुनै नयाँ आर्थिक नीति नरहेको पौडेलले स्पष्ट पारे। नेपाली कांग्रेस विचार शून्यताको स्थितिमा नरहेको बताए ।
मन्त्री पौडेलले सरकारमा जाँदा पार्टीको फेहरिस्त कार्यान्वयन गर्ने सन्दर्भमा स्पष्टताको जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
-
विश्वकपअघि क्रोएसियाको सुखद जित, कप्तान मोड्रिचको गोल
-
नर्वेसँग बराबरी खेल्दा मोरक्कोलाई दुई मुख्य खेलाडीको चोटको चिन्ता
-
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एसियाका विभिन्न देशमा सुनामीको चेतावनी
-
राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण