सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

जनमत पार्टीको गैरआवासीय मधेसी संघको नयाँ कार्यसमिति गठन स्थगित

मङ्गलबार, ०६ साउन २०८२, १७ : ०९
मङ्गलबार, ०६ साउन २०८२

काठमाडौं । जनमत पार्टीले गैरआवासीय मधेसी संघ (एनआरएम)को अन्तर्राष्ट्रिय समितिको नयाँ कार्यसमिति गठन स्थगित गरेको छ । 

जनमत पार्टीले मंगलबार सूचना जारी गरी संघको नाममा कुनै पनि लेबी वा चन्दा नउठाउन भनेको छ । 

‘नयाँ समिति गठन गर्न अर्को सूचना प्रकाशित गरिने जानकारी गराउँछौं । त्यतिबेलासम्म गैरआवासीय मधेसी संघको अन्तर्राष्ट्रिय समिति स्थगित नै रहने जानकारी समेत गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ । 

जनमत पार्टीको वैशाख २८ मा बसेको सचिवालय बैठकले गैरआवासीय मधेसी संघको अन्तर्राष्ट्रिय समिति भंग गरेको थियो । त्यसको नयाँ समिति बनाउने निर्णय पनि भएको थियो । तर तयारी नपुगेका कारण हाललाई स्थगित गरिएको जनमतका उपाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए । 

गैर आवासीय मधेसी संघको रकम हिनामिना भएको विवाद पार्टीमा उत्पन्न भएपछि त्यहाँको समिति नै भंग गरिएको छ । समिति मात्र भंग गरिएको छैन, सबै आर्थिक कारोबार बन्द गरिएको छ । संघको नामबाट कुनै पनि लेबी वा चन्दा नउठाउन पार्टीले चेतावनी दिएको छ । 

केन्द्रमा विवाद चलिरहेकाले त्यहाँ कुनै किसिमको चलखेल नहोस् भनेर कार्यसमिति नै भंग गरिएको जनमत पार्टीले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप