शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

चर्चित 'हेभी मेटल' गायक अज्जी ओस्बोर्नको ७६ वर्षको उमेरमा निधन

बुधबार, ०७ साउन २०८२, ०१ : ४५
बुधबार, ०७ साउन २०८२

सारांश

  • हेभी मेटल गायक ओजी ओस्बोर्नको ७६ वर्षको उमेरमा निधन भएको छ।
  • परिवारले मंगलबार निधन भएको जानकारी दिँदै दुःख व्यक्त गरेको छ।
  • ओस्बोर्नले केही हप्ता अघि बर्मिङ्घममा अन्तिमपटक प्रस्तुति दिएका थिए।

काठमाडौँ । विश्व प्रसिद्ध हेभी मेटल गायक तथा ब्ल्याक साबाथका अगुवा अज्जी ओस्बोर्नको ७६ वर्षको उमेरमा निधन भएको छ।

उनको परिवारले एक वक्तव्य जारी गर्दै ओस्बोर्नको मंगलबार बिहान निधन भएको जानकारी दिएको छ। “हामीले हाम्रो प्रिय अज्जी ओस्बोर्नलाई गुमाएका छौँ, यो क्षण शब्दहरूमा बयान गर्न सकिनेभन्दा धेरै पीडादायी छ,” वक्तव्यमा उल्लेख गरिएको छ।

निधनको कारणबारे अहिले केही खुलाइएको छैन।

केही हप्ता अघि मात्रै उनले आफ्नो जन्म सहर बर्मिङ्घम, इंग्ल्यान्डमा ब्ल्याक साबाथसँग पुनर्मिलन गर्दै अन्तिमपटक मञ्चमा प्रस्तुति दिएका थिए। ‘ब्याक टु द बिगिनिङ’ नामक उक्त कन्सर्टलाई उनले ‘अन्तिम प्रस्तुति’ भनेका थिए।

ओस्बोर्न सङ्गीत क्षेत्रमा आफ्ना रक शैलीका लागि चिनिन्थे। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप