संसद् बैठक
एमाले सांसद पोखरेलले प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्न नाम टिपाइन् तर सोधिनन्
बुधबार, ०७ साउन २०८२, १४ : ४५
सारांश
- एमाले सांसद मेनुका पोखरेलले प्रधानमन्त्रीसँग प्रश्न सोध्न नाम टिपाएकी थिइन्।
- सभामुखले प्रश्न सोध्न समय दिए पनि पोखरेलले प्रश्न सोधिनन्।
- पोखरेल अनुपस्थित भएपछि सभामुखले महेश बस्नेतलाई प्रश्न सोध्न समय दिए।
काठमाडौँ । एमाले सांसद मेनुका पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिसभामा सांसद्को प्रश्नोत्तरका लागि नाम टिपाएकी थिइन् । साउन सात गतेको बैठकमा सोधिने प्रश्नको एक नम्बरमा पोखरेलको नाम थियो ।
त्यही अनुरुप सभामुख घिमिरेले सांसद पोखरेललाई नाम सोध्न समय दिए । तर, उनले प्रश्न नसोधेपछि सभामुख घिमिरेले एमालेकै अर्का सांसद महेश बस्नेतलाई प्रश्न सोध्न समय दिए ।
उनी संसद्को बैठक कक्षमा नभएकाले पटक–पटक सभामुखले नाम उच्चारण गर्दा पनि उपस्थित हुन सकिनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण