पदाधिकारी कानुनी दायराभन्दा बाहिर छैनन् : प्रधानमन्त्री
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक पदमा रहेका व्यक्तिहरू कानुनी दायरामा रहेको बताए।
- सांसदको प्रश्नोत्तरमा ओलीले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिबद्धता व्यक्त गरे।
- उनले आर्थिक विचलन देखिए कानुन बमोजिम कारबाही हुने कुरामा जोड दिए।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकारका कुनै पनि सार्वजनिक पदमा रहेका व्यक्ति वा पदाधिकारी कानुनी दायरा भन्दा बाहिर नरहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रममा ओलीले ‘म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भन्ने राष्ट्रिय सङ्कल्पप्रति दृढ र प्रतिबद्ध रहेको बताएका छन् ।
माओवादी सांसद महेन्द्रबहादुर शाहीले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले कहीँ कतै आर्थिक विचलन र अनुचित व्यवहार देखिएमा कानुन बमोजिम कारबाही भइरहेको र हुने बताए ।
‘भ्रष्टाचार नियन्त्रणका विषयमा ‘म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न’ भन्ने राष्ट्रिय सङ्कल्पप्रति हामी सबै दृढ र प्रतिबद्ध छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘तीनै तहका सरकारका कुनै पनि सार्वजनिक पदमा रहेका व्यक्ति वा पदाधिकारी कानुनी दायरा भन्दा बाहिर छैनन्। कहीँ कतै आर्थिक विचलन र अनुचित व्यवहार देखिएमा कानुन बमोजिम कारबाही भइरहेको छ र हुनेछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण