मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
संक्रामक रोग

५२ रोग संक्रामक रोग घोषणा, डेंगुदेखि म्यादे ज्वरोसम्म (सूचीसहित)

बुधबार, ०७ साउन २०८२, १८ : ०४
बुधबार, ०७ साउन २०८२

सारांश

  • सरकारले कोभिड-१९, डेंगु, रेबिज लगायत ५२ वटा रोगलाई संक्रामक रोगको रूपमा तोकेको छ।
  • स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन प्रयोग गर्दै रोगहरूको निगरानी, रोकथाम र उपचारको व्यवस्था गर्नेछ।
  • रोगको प्रकोप फैलिएमा नियन्त्रणका लागि विशेष कदम चाल्ने र बिरामीको रिपोर्टिङ अनिवार्य गरिनेछ।

काठमाडौँ । सरकारले कोभिड–१९, डेंगु, रेबिज, क्षयरोग र मङ्कीपक्ससहित ५२ वटा रोगलाई संक्रामक रोगको रूपमा तोकेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ ले दिएको अधिकार प्रयोग गर्दै ५२ वटा संक्रमक रोग घोषणा गरेको हो । घोषणासँगै यी रोगहरूको निगरानी, रोकथाम, नियन्त्रण र उपचारका लागि विशेष कानुनी व्यवस्था लागु हुनेछ ।

सरकारले यी रोगहरूको प्रकोप फैलिए नियन्त्रणका लागि विशेष कदम चाल्ने बताएको छ । यस्ता रोगका बिरामी भेटिए‍ अनिवार्य रूपमा रिपोर्टिङ गर्न मन्त्रालयले स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ । यसले मुलुकको जनस्वास्थ्य निगरानी प्रणालीलाई थप बलियो बनाउने मन्त्रालयको विश्वास लिएको छ ।

प्रत्येक वर्ष नेपालमा डेंगु, हैजा, दादुरा, स्क्रब टाइफस, जापानिज इन्सेफलाइटिस जस्ता नियमित रोगहरू देखा पर्ने गरेका छन् । त्यसैगरी, विगतमा विश्वव्यापी महामारी बनेको कोभिड–१९, एचआईभी र एड्स, क्षयरोगजस्ता गम्भीर रोगहरू पनि यसमा समावेश गरिएको छ ।

साथै मन्त्रालयले इबोला, मारबर्ग, निपाह भाइरस, मङ्कीपक्स, जिका, लासा फिभर जस्ता खतरा मानिएका र उच्च मृत्युदर भएका रोगहरूलाई पनि संक्रामक रोगको सूचीमा राखेको छ । 

संक्रामक रोगहरू नामको  सूची

१.रेबिज      
२.क्षयरोग  
३.कोभिड–१९  
४.दादुरा  
५.डेंगु 
६ .जापानिज इन्सेफलाइटिस    
७.हैजा       
८.धनुष्टङ्कार       
९.एचआईभी र एड्स  
१०.इन्फ्लुएन्जा (जुनोटिक र सिजनल)    
११.स्क्रब टाइफस  
१२.म्यादे ज्वरो       
१३.कालाजार   
१४.रोटा भाइरस       
१५.रुबेला       
१६.लेप्टोस्पाइरोसिस 
१७.भ्यागुते रोग  
१८.निमोकोकल निमोनिया     
१९.कमलपित्त बी    
२०.औलो ज्वरो
२१.एच इन्फ्लुएन्जा  
२२.ब्रुसेलोसिस  
२३.कुष्ठरोग  
२४.लहरे खोकी 
२५.कमलपित्त सी 
२६.निपाह भाइरस इन्फेक्शन    
२७.एन्थ्रेक्स  
२८.पोलियो
२९.हाडे  
३०.टोक्सोप्लाज्मोसिस  
३१.ट्रकोमा  
३२.इबोला भाइरस डिजीज
३३.हात्तीपाइले  
३४.साल्मोनेलोसिस
३५.क्रिमियन काङ्गो हेमोरेजिक फिभर
३६.मारबर्ग भाइरल डिजिज
३७.सार्स  
३८.कमलपित्त ए
३९.एमईआरएस  
४०.प्लेग  
४१.लिजियोनेलोसिस  
४२.इचिनोकोकोसिस/हाइडैटिडोसिस
४३.एमपक्स  
४४.बिफर  
४५.येल्लो फिवर
४६.कमलपित्त इ
४७.सिस्टिसर्कोसिस/टेनियास
४८.चिकुनगुनिया  
४९. जिका  
५०. क्यु फिवर  
५१. लासा फिवर 
५२. रिफ्ट भ्याली फिवर    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप