फ्रन्टलाइन अस्पताल र प्रभु बैंकबिच विशेष छुट सम्झौता
बिहीबार, ०८ साउन २०८२, ११ : ४४
काठमाडौँ । काठमाडौं महानगरपालिका–१०, नयाँ बानेश्वरस्थित फ्रन्टलाइन अस्पताल र प्रभु बैंक लिमिटेडबीच सेवाग्राहीलाई लक्षित छुट प्रदान गर्ने विशेष सम्झौता भएको छ।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, तिनका परिवार सदस्य तथा ग्राहकहरूले फ्रन्टलाइन अस्पतालमा उपलब्ध सेवा सुविधामा १० प्रतिशतसम्म विशेष छुट पाउनेछन्।
सम्झौतापत्रमा फ्रन्टलाइन अस्पतालका तर्फबाट क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा प्रभु बैंकका तर्फबाट प्रमुख बजार अधिकृत रमेश कुमार श्रेष्ठ र बजार व्यवस्थापक दिना चित्रकारले हस्ताक्षर गरेका छन्।
नेपालभर ३१२ शाखा, २८६ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख ग्राहकलाई सेवा दिँदै आएको प्रभु बैंक ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नारासहित बैंकिङ सेवा प्रवाह गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण