सिन्धुलीमा सवारी दुर्घटनामा परेर दाजुको मृत्यु, भाइ गम्भीर घाइते
सारांश
- सिन्धुलीको सुनकोशी गाउँपालिकामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
- दुर्घटनामा मकवानपुरका धर्मराज रेग्मीको मृत्यु भएको छ भने उनका भाइ गम्भीर घाइते भएका छन्।
- दुर्घटना राति बीपी राजमार्गमा भएको थियो, जसमा गाडी ५०० मिटर तल खसेको थियो।
मकवानपुर । सिन्धुलीको सुनकोशी गाउँपालिकामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–६ शीतलपाटीस्थित बीपी राजमार्गमा मध्यराति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मकवानपुर मनहरि गाउँपालिका–४ निवासी धर्मराज रेग्मीको मृत्यु भएको छ भने उनका भाइ नीरज रेग्मी गम्भीर घाइते भएका छन् ।
काठमाडौँबाट बर्दिबासतर्फ जाँदै गरेको बा।प्र।०१–०२४ च ९९१३ नम्बरको योद्धा पिकअप राति करिब साँढे बाह्र बजे सडकबाट ५०० मिटर तल खोँचमा खसेको थियो । दुर्घटनापछि गम्भीर घाइते धर्मराज रेग्मीलाई उद्धार गरी सुनकोशी सामुदायिक अस्पताल खुर्कोट पुर्याइए पनि बिहान २स्४५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्य प्रकाश सुवेदीले जानकारी दिए।
दुर्घटनामा परेका चालक समेत रहेका उनका भाइ नीरज रेग्मीलाई भने थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले खुम्चिँदै मनमोहन प्राविधिक विश्वविद्यालयको शैक्षिक लक्ष्य
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण