सिराहामा आफ्नै भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु
सारांश
- सिराहाको गोलबजारमा भाइले खुकुरी प्रहार गर्दा दाजुको मृत्यु भएको छ।
- घरायसी विवादका कारण भाइले दाजुलाई खुकुरी हानेका थिए।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र फरार अभियुक्तको खोजी भइरहेको छ।
सिराहा । सिराहाको गोलबजारमा आफ्नै भाइले खुकुरी प्रहारबाट गर्दा दाइको मृत्यु भएको छ । गोलबजार नगरपालिका ३ मुसहर्नियाँ पुराण्डिहका २५ वर्षीय श्याम सदाको खुकुरी प्रहारबाट उनकै दाइ ३५ वर्षीय लेलहा भन्ने मोतीराम सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी तथा डीएसपी वीरेन्द्र कुमार पासवानले बताएका छन् ।
श्याम र उनकी श्रीमती कौशिल्या देवी सदाबिच घरायसी विवादका कारण कुटपिट हुन थालेपछि छुट्याउन पुगेका मोतीराममाथि खुकुरी प्रहार भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्स्पेक्टर गोविन्द प्रसाद साहले जानकारी दिए ।
खुकुरी प्रहारबाट छातीमा गम्भीर घाउ लागेका मोतीरामलाई तत्काल उपचारको लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहान पठाइए पनि अस्पतालले मृत घोषणा गरेको छ ।
खुकुरी प्रहार गरी तत्काल जङ्गलतर्फ भागेका श्यामको रातिबाटै खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
शव पोस्ट मार्टमको लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहानमा राखिएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी तथा डीएसपी वीरेन्द्र कुमार पासवानले बताए ।
खुकुरी प्रहार गर्ने श्यामको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण