राष्ट्रपति रनिङ सिल्डका कीर्तिमानी र कराँतेका पदक विजेता खेलाडी सम्मानित
सारांश
- सुदूरपश्चिम कराँते महासङ्घले खेलाडीहरूलाई नगद सहित सम्मान गरेको छ।
- संगीता बिक र दीपा जैसीलाई राष्ट्रपति रनिङ सिल्डमा कीर्तिमान बनाएकोमा सम्मान गरियो।
- मनीषा बोहरा र आस्था लुहारलाई दक्षिण एसियाली कराँते प्रतियोगितामा स्वर्ण पदक जितेकोमा सम्मान गरियो।
धनगढी । सुदूरपश्चिम कराँते महासङ्घले १५औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कीर्तिमान कायम गर्ने र हालै श्रीलङ्कामा सम्पन्न ९औँ दक्षिण एसियाली कराँते प्रतियोगिताका सुदूरपश्चिमका पदक विजेताहरू खेलाडीलाई नगदसहित सम्मान गरेको छ।
राष्ट्रपति रनिङ सिल्डमा ४०० मिटर दौडमा कीर्तिमान राख्ने खेलाडी संगीता बिकलाई नगद रु ५ हजार सहित सम्मान गरिएको हो। त्यसैगरी, लगातार १३औँ, १४औँ, र १५औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा तेक्वान्दो विधामा प्रथम स्थान हासिल गर्ने दीपा जैसीलाई पनि ५ हजार सहित सम्मान गरियो।
श्रीलङ्कामा जुलाई २ देखि ६ सम्म आयोजना भएको ९औँ दक्षिण एसियाली कराँते प्रतियोगितामा स्वर्ण पदक जित्ने मनीषा बोहरालाई २० हजार नगदसहित सम्मान गरिएको हो।
उनले लगातार आठौँ र नवौँ संस्करणमा प्रथम स्थान हासिल गरेकी हुन्। अर्की स्वर्ण पदक विजेता आस्था लुहारलाई १५ हजारसहित सम्मान प्रदान गरियो।
सोही प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने सोनिया तिरुवा र कन्चन बोहरालाई पनि सम्मान गरिएको छ।
यसैगरी, सम्मानित हुने प्रशिक्षकहरूमा वीरेन्द्र बहादुर चन्द र अशोक चन्द छन्। उनीहरूलाई जनही र ५ हजार नगद सहित सम्मान प्रदान गरियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण