बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एभरेस्ट महिला भलिबल लिगले महिलाहरूका लागि १०० भन्दा बढी रोजगारी सिर्जना गर्दै

शनिबार, १० साउन २०८२, १७ : ४५
शनिबार, १० साउन २०८२

सारांश

  • वात्सल्य एभरेस्ट महिला भलिबल लिगले दोस्रो पटक नेपाल र अन्तर्राष्ट्रिय खेलकुदमा १०० भन्दा बढी महिलाका लागि रोजगारी सिर्जना गर्‍यो।
  • पहिलो संस्करणमा ७२ जना महिला खेलाडी, १५ जना व्यवस्थापन, १० जना मिडिया र ५ जना प्राविधिक क्षेत्रमा रोजगारी दिइएको थियो।
  • लिगले महिला नेतृत्व र प्राविधिक भूमिकालाई प्राथमिकता दिँदै 'अब पालो महिला' नाराका साथ महिला भलिबलको अक्सन गर्‍यो।

काठमाडौँ । खेलकुदमा महिलाको सशक्तीकरणतर्फको ऐतिहासिक कदमस्वरूप, वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लूभीएल) ले दोस्रो पटक पनि नेपाल लगायत अन्तर्राष्ट्रिय खेलकुद जगतमा उदाहरणीय बनेर १०० भन्दा बढी महिलाहरूका लागि रोजगारी सिर्जना गरेको छ।

पहिलो संस्करणमा लिगले ७२ जना  महिला खेलाडी, १५ जना व्यवस्थापन क्षेत्रमा, १० जना मिडिया क्षेत्रमा र ५ जना प्राविधिक क्षेत्रमा महिलालाई रोजगारीको अवसर दिएको थियो । यो संख्यालाई २०२५ को दोस्रो संस्करणमा अझै बढाउने योजनामा बनाएको हो । 

लिगका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा स्नेभी चापागाईँलाई राखेको थियो । त्यसपछि लिगमा नेपालमा पहिलो पटक महिला अक्सनका रूपमा  सुविक्षा खड्कालाई राखेको थियो । 

इडब्लूभीएलले खेलकुद प्रशासनमा परम्परागत संरचनालाई चुनौती दिँदै, महिलाहरूका लागि नेतृत्व र प्राविधिक भूमिकामा स्थान दिलाउने कार्य गरेको हो। ‘अब पालो महिला’ को मुख्य नारा राख्दै लिगले पहिलो पटक नेपालमा महिला भलिबलको अक्सन पनि राखेको थियो ।

यो लिग खेलाडी सीमित नभई खेल व्यवस्थापन, प्रसारण, डिजिटल मिडिया र टिम अपरेसनजस्ता क्षेत्रमा पनि महिलाहरूलाई रोजगारीको अवसर दिएको छ । यो भलिबल लिग दक्षिण एसियाकै पहिलो भलिबल लिगका रूपमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप