एसिया कप क्रिकेट २०२५ यूएईमा हुने, मिति घोषणा
सारांश
- एसिया कप २०२५ संयुक्त अरब इमिरेट्स (यूएई) मा सेप्टेम्बर ९ देखि २८ सम्म आयोजना हुने भएको छ।
- प्रतियोगिताको आधिकारिक आयोजक बीसीसीआई भए पनि भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण यूएई छनोट गरिएको हो।
- यस प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् र टी-२० विश्वकपको तयारी स्वरूप २० ओभरको ढाँचामा खेलिनेछ।
काठमाडौँ । एसियाली क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता एसिया कप २०२५, संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने भएको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष मोहसिन नक्वीले शनिबार प्रतियोगिताको मिति र स्थानबारे आधिकारिक घोषणा गरेका हुन् ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्षसमेत रहेका नक्वीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, 'म यूएईमा हुने एसीसी पुरुष एसिया कप २०२५ को मिति पुष्टि गर्न पाउँदा खुसी छु । यो प्रतिष्ठित प्रतियोगिता आगामी सेप्टेम्बर ९ देखि २८ सम्म चल्नेछ । हामी क्रिकेटको भव्य प्रदर्शनको प्रतीक्षामा छौं ।'
प्रतियोगिताको आधिकारिक आयोजक भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) भए पनि भारत र पाकिस्तानबिचको राजनीतिक तनावका कारण यो प्रतियोगिता यूएईमा हुन लागेको हो । सन् २०२७ सम्म दुवै देश एक अर्काको भूमिमा नखेल्ने र तटस्थ स्थानमा मात्र प्रतिस्पर्धा गर्ने सहमतिअनुसार यूएईलाई छनोट गरिएको हो ।
यो एसिया कपको १७औं संस्करण हो । जसमा कुल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा एसियाली क्रिकेट काउन्सिलका पाँच पूर्ण सदस्य राष्ट्रहरू– अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाका साथै आयोजक यूएई, ओमान र हङकङ चीनले भाग लिनेछन् ।
सन् २०१६ देखि एकदिवसीय र टी–२० ढाँचामा आलोपालो प्रणालीमा आयोजना हुँदै आएको एसिया कप यस पटक आगामी टी–२० विश्वकपको तयारीस्वरूप २० ओभरको ढाँचामा खेलाइनेछ ।
एसिया कपको इतिहासमा भारत सबैभन्दा सफल टोली हो । डिफेन्डिङ च्याम्पियनसमेत रहेको भारतले हालसम्म ८ पटक उपाधि जितेको छ । त्यस्तै, श्रीलंकाले ६ पटक र पाकिस्तानले दुई पटक यो उपाधि हात पारेका छन् ।
पछिल्लो पटक सन् २०२२ मा टी–२० ढाँचामा भएको एसिया कपको उपाधि श्रीलंकाले फाइनलमा पाकिस्तानलाई हराउँदै जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण