स्कारपियोमा फल्स बटम बनाई लागूऔषधस तस्करी, चार भारतीय नागरिक पक्राउ
सारांश
- मकवानपुरको इन्द्रसरोवरबाट सशस्त्र प्रहरीले लागूऔषधसहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ।
- प्रहरीले गाडीमा फल्स बटम बनाएर लुकाएर राखेको लागूऔषध बरामद गरेको छ।
- पक्राउ पर्नेमा भारतीय नागरिक र चालक रहेका छन्, थप अनुसन्धान जारी छ।
काठमाडौँ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित हेवी चोकबाट सशस्त्र प्रहरीले ठुलो परिमाणको लागूऔषधसहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ। शनिबार राति करिब साढे ८ बजे भारतबाट काठमाडौँतर्फ आउँदै गरेको स्कारपियो गाडीमा फल्स बटम बनाएर लुकाइराखिएको लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन बेस कुलेखानीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा भारतको सुगौलीबाट वीरगंज हुँदै काठमाडौँतर्फ गइरहेको बीआर ०५ पीए ९०९३ नम्बरको स्कारपियो जाँच गर्दा तीन वटा ढोकामा फल्स बटम बनाइ लुकाइएको अवस्थामा लागू औषध फेला पारेको हो।
पक्राउ परेकामा भारतका ४३ वर्षीय शेख सपुर, १९ वर्षीय निसाव आलम, २५ वर्षीय ओसिम अहमद र २४ वर्षीय शेख गजुर रहेका छन्। तीमध्ये शेख गजुर सो गाडीका चालक रहेको खुलेको छ।
सशस्त्र प्रहरीका अनुसार उनीहरूको साथबाट नोफिन २,४०० थान, डाइजेपाम २,००४ थान, प्रोमेथाजिन हाइड्रोक्लोराइड २,४०० थान र ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ५ थान बरामद गरिएको छ।
लागू औषध कुन प्रयोजनका लागि ल्याइएको हो भन्नेबारे उनीहरूले स्पष्ट जानकारी दिन नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई बरामद लागू औषध र प्रयोग गरिएको गाडीसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण